कतारका राजा आज साँझ नेपाल आउँदै, सरकारले दियो सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मध्यपूर्वी मुलुक कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज साँझबाट नेपालको राजकीय भ्रमण गर्दैछन् ।

दुई दिने भ्रमणका क्रममा साँझ काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको सम्मानमा सरकारले आज मंगलबार देशभर सार्वजनिक बिदा दिने हिजो सोमबार नै निर्णय गरिसकेको छ । 

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन् ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलोपटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो ।

कतारका अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नेछन् ।

कतारका अमिर शेख थानीले भोलि वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

कतारका अमिर थानी भोलि अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने तालिका रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *