धादिङमा गुडिरहेको ट्रकमा आगलागी

Thankot Times

थानकोट ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा गुडिरहेको ट्रकमा आगलागी भएको छ ।

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ आउँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा मंगलबार बिहान आगलागी भएको हो ।

केमिकलहरु एकापसमा ठोक्किएर आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताउनुभयो ।

ट्रक गुड्दागुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन् । अहिले राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।

धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुग्नुभएका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

तस्बिरः नीलकण्ठ एफएम


Leave a Reply

Your email address will not be published. Required fields are marked *