कतारका अमिर नेपालमाः बिहान १० बजेपछि कलंकी क्षेत्रमा यातायात सञ्चालन प्रभावित हुने

Thankot Times

थानकोट ।

नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ ।

वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

सो पछि उनी दिवा खानाका लागि द्धारिकाज होटलमा जानेछन्  

यसअघि हिजो अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गरेका थिए । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गरेका थिए । 

ताहाचलस्थित होटल सोल्टीमा बास बसेका शेख थानी द्धारिकाज होटल पुग्दा सोल्टीमोडदेखी गाैशालासम्मको सडक खाली गराइनेछ । जसअनुसार कलंकीदेखी नै यातायात सञ्चालन अवरुद्ध हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *