सेतो पहरोमा जीप दुर्घटना, चालकले हाम फालेर जोगाए ज्यान

Thankot Times

थानकोट ।

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ ।

हेटाैंडातर्फ जाँदै गरेको ना . १ ज ६२६१ नम्बरको सुमो दुर्घटनामा परेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

सो जीपले उकालोमा नतानेपछि सबै यात्रुहरू ओर्लिएपछि उक्त दुर्घटना भएको हो ।

गाडीका चालक हाम फालेर बच्न सफल भएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

दुर्घटनापछि जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । उकालो सडकमा ओत लगाएर रोकिएको गाडी ओत निकालेपछि पछि हट्दै करिब ५० मिटर तल सडकमा बजारिएको थियो ।

तस्वीर स्रोत : नीर बहादुर श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *