वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने सतुगंल बस्ने श्रेष्ठ समातिए

Thankot Times

थानकोट । 

नेपाल प्रहरीले ठगी अभियोगमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ।

वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ४१ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चन्द्रागिरि नगरपालिका ११ सतुगंल बस्दै आएका सुनसरी इनरुवा नगरपालिका-३ घर भएका ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेलले ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट रु. ३८ लाख २० हजार ठगी गरेको र विवेकले माल्टा पठाइदिने भन्दै तीनजनाबाट रु. तीन लाख ठगी गरेको खुल्न आएकाले सत्यन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता रेग्मी जानकारी दिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *