रत्नपार्कमा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडी सवार युवाको ज्यान गयो

Thankot Times

थानकोट ।

काठमाडौंको रत्नपार्कमा कार र मोटरसाइकल एक आपसमा ठोक्किएपछि भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२८ रत्नपार्क-पुरानो बसपार्क सडकमा बा.९ च ३४४० नम्बरको कार र प्र.३-०२-००९ प ५११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो ।

ठक्करपछि मोटरसाइकलमा सवार बझाङ खप्तडछाला गाउँपालिका-७ घर भई काठमाडौं अनामनगर बस्ने २६ वर्षीय युवराज थापाको ज्यान गएको हो । 

बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका थापाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

कार र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *