प्रधानमन्त्री दाहालले आज मातातिर्थस्थित प्राधिकरणको २२० केभी सब-स्टेशनको उद्घाटन गर्ने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चन्द्रागिरि नगरपालिका-८ मातातिर्थ आउँदैछन् । 

प्रधानमन्त्री दाहालले मातातिर्थस्थित बाैथली चोकमा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एवं नर्वे सरकार तथा एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको मर्स्याङ्दी-काठमाडाैं २२० केभी प्रसारण लाइन तथा मातातिर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्ने कार्यक्रम छ । 

कार्यक्रम दिउँसो २ः३० बजेका लागि निर्धारण गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

आयोजनाको अनुमानित लागत साढे ६ अर्ब रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। मातातिर्थमा निर्माण भएको यो सबस्टेशन काठमाडाैं  उपत्यकाको सबैभन्दा ठूलो सबस्टेशन हो । 

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *