जापानी विदेशमन्त्री योको नेपाल आँउदै

Thankot Times

थानकोट ।

जापानकी विदेश मन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएकी छन् ।

विदेश मन्त्री खामिखावा यहि वैशाख २३ काठमाडौँ आइपुग्ने जापानी दूतावासले जनाएको छ ।

विदेश मन्त्री खामिखावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको दूतावासले जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । 

नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेश मन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दूतावासले जनाएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म विदेश मन्त्री खामिखावाको भ्रमण बारे औपचारिक जानकारी दिएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *