कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, बास्कोटा गए ढकाल आए

Thankot Times

थानकोट । 

सरकारले कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ ।

जसअनुसार कीर्तिपुर नगरपालिका, काठमााडाैंका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटा काभ्रेको मण्डन देउपुर नगरपालिका सरुवा भएका छन् ।

गृह मन्त्रालयमा कार्यरत माधव प्रसाद ढकाल कीर्तिपुरको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापना गरिएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *