हिजो साँझ छिटपुट वर्षा भएको चन्द्रागिरिमा कस्तो रहला आज दिनभरको माैसम ?

Thankot Times

थानकोट ।

आइतबार साँझ चन्द्रागिरि नगर क्षेत्रमा छिटपुट वर्षा भएको छ । काठमाडाैं उपत्यकाका केही स्थानमा भने हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चन्द्रागिरि नगर वरपरका जंगलहरूमा विगत केही दिनदेखी डढेलो लागिरहेकोले यस क्षेत्रको वातावरण प्रदुषण भइरहेको छ ।

देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीकाे प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ  । बाँकी भू–भागमा मौसम मुख्यतया मौसम सफा छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति कोसी र मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *