मन्त्री रमा आलेमगरलाई बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी
थानकोट ।
बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ । विना विभागिय मन्त्री व्यवस्थापनको लागि प्रदेशमा कायम रहेको १२ मन्त्रालयलाई विभाजन गरी १३ वटा कायम गरिएको छ ।
सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएकी रमा आलेमगरलाई मन्त्रालय विभाजन गरी जिम्मेवारी तोकिएको छ । गत चैत्र २० गते मन्त्री नियुक्त भएकी आलेमगरले बुधबार विभागीय जिम्मेवारी पाएकी हुन् ।
उनले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय विभाजन गरी जिम्मेवारी तोक्ने मन्त्री परिषद्ले निर्णय गरेको हो ।
मन्त्री आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
जिम्मेवारी पाएलगत्तै मन्त्री आलेले मन्त्रालय व्यवस्थापन र बजेट तथा कार्यक्रम निर्माणमा भूमिका खेल्ने बताइन् ।
मन्त्री आले बागमती प्रदेशमा नेकपा समाजवादीबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली सांसद् हुन् । उनी काठमाडाैं क्षेत्र नं. १० ख बाट दोश्रो पटक बागमती प्रदेश सभाका लागि निर्वाचित भएकी हुन् ।










