गृहमन्त्री गुरुङ युएई जाँदै
थानकोट ।
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।
युएईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
गुरुङ मंसिर २ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।











