सस्तो बजार घुमाउने भन्दै भारतीय पर्यटकलाई ढुङ्गेअड्डा ल्याई लुटपाट, ३ जना पक्राउ

Thankot Times

थानकोट ।

ठमेल घुमाउने भन्दै भारतीय पर्यटकलाई ढुङ्गेअड्डा ल्याई लुटपाट गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त थानकोटका अनुसार शुक्रबार ढुङ्गेअड्डामा ती पर्यटकहरूमाथि लुटपाट भएकाे हो

भारतीय पर्यटकहरूलाई गाइड गरिरहेको एक पुरुषले ठमेलबाट सस्तो बजारमा किनमेल तथा डान्सबार घुमाइदिने प्रलोभन देखाइ ढुङ्गेअड्डा ल्याएका थिए ।

ढुङ्गेअड्डास्थित एक घरमा ७/८ जनाको समुहले बन्धक बनाएर ती पर्यटकहरूको साथमा रहेको १ लाख ६० हजार भारतीय रूपैयाँ लुटपाट गरेको प्रहरीले जानकारीले जनाएको छ ।

लुटपाटको सूचनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ३ जनालाई घटनामा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा २९ वर्षीय मिलन लामा, २८ वर्षीय युनिक लामा र २९ वर्षीय निर्मल मल्ल रहेका छन् । उनीहरू सबैको वतन काभ्रेपलाञ्चकोक भएको बताइएको छ ।

घटनाका सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *