चन्द्रागिरिमा निरन्तर वर्षापछि यस्तो छ प्रहरी वृत्त थानकोटले दिएको अपडेट

Thankot Times

थानकोट ।

निरन्तरको वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न नदी तथा खोलाखोल्सीमा जल सतह बढेका छन् ।

विष्णुमती नदीको जलसतह सतर्कता तह पार भएको छ । बागमती नदीमा समेत जल सतह बढेको छ ।

धोबीखोलामा समेत जल सतह उकालो लागिरहेको छ । हनुमन्ते खोलामा समेत वर्षापछि पानीको सतह बढिरहेको छ ।

चन्द्रागिरि नगरका खोला खोल्सीहरूमा समेत पानीको बहाव बढिरहेको छ । बाढी पूर्वानुमान महाशाखा आज दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन सचेत गराएको छ ।

प्रहरी वृत्त  थानकोटले चन्द्रागिरि नगर क्षेत्रमा वर्षापछि कुनै अप्रिय घटनाको विवरण प्राप्त नभएको जनाएको छ ।

यद्यपी, वृत्त थानकोटले तटीय क्षेत्रमा बसोबास गर्नुहुने तथा खोला किनारका सडक प्रयोग गर्दा सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।

तस्बिर साभारः सुजना श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *