एएफसी यू-२० एशिया कप छनौटः नेपालको तेस्रो हार, अघिल्लो चरणको सम्भावना सकियो

Thankot Times

थानकोट ।

एएफसी यू-२० एशियन कप छनौटमा नेपाल बहराइनसँग पराजित भएको छ ।

न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा सम्पन्न खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको हो ।

यो हारपछि नेपालको एशियन कपमा छनौटको सम्भावना सकिएको छ ।

नेपालले यसअघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएको थियो ।

त्यस्तै बहराइनको यो जितपछि ३ खेलमा ६ अंक भएको छ र समुह बी मा तेस्रो स्थानमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *