बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई पितृशोक
थानकोट ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई पितृ शोक परेको छ।
मन्त्री महर्जनका हरिकृष्ण महर्जनको ८४ वर्षको उमेरमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।
निमोनियाबाट पीडित महर्जनलाई बिहीबारदेखि उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा राखिएको थियो।
महर्जनका श्रीमती, ५ छोरा र १ छोरी छन् ।
उनको अन्तिम संस्कार शनिबार बिहान गरिएको मन्त्री महर्जनको सचिवालयले जनाएको छ ।














