तेस्रो मातातिर्थ गाेल्डकप: आज दिउँसो ३ बजे वीआर ब्रदर्श र एभरेष्ट क्लबबीच खेल हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार एक खेल हुने तालिका रहेको छ ।
दिनको ३ बजे हुने खेलमा वीआर ब्रदर्श र एभरेष्ट क्लब प्रतिस्पर्धा गर्नेछन् ।
यो खेलको विजेता सेमीफाइनलमा प्रवेश गर्नेछ ।
यसअघि सोमबार सम्पन्न खेलहरूमा दि हिलिङ, सिद्धीकाली र क्लीन भीजनले जित हात पार्दै अघिल्लो चरणमा पुगेका छन् ।
चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिता विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
सेमीफाइनल खेल असोज १८ गते खेलाइने छ भने तेस्रो स्थान र फाइनल खेल असोज १९ गतेका लागि तय भएको बताइएको छ ।














