चन्द्रागिरिमा आयोजित तेस्रो दशैं विशेष चङ्गा चेटमा रिदम श्रेष्ठ पहिलो, कृष्ण भण्डारी दोश्रो

Thankot Times

थानकोट ।

थानकोटका रिदम श्रेष्ठले चन्द्रागिरिमा आयोजित तेस्रो दशैं विशेष चङ्गा चेट प्रतियोगिताको उपाधि जितेका छन् ।

चन्द्रागिरि एकिकृत समाजले शनिबार आयोजना गरेको प्रतियोगितामा कृष्ण भण्डारी दोश्रो भए । सुशान्त रिजालले तेस्रो स्थान हात पारे ।

प्रतियोगितामा पहिलो हुनेले रिदम श्रेष्ठले २५ हजार पुरस्कार पाए ।

यसैगरी दोश्रो भएका कृष्ण भण्डारीले १२ हजार तथा तेस्रो  सुशान्त रिजालले ७ हजार रूपैयाँ पुरस्कार, ट्रफी तथा मेडल प्राप्त गरे ।

प्रतियोगितामा ३८ जनाले प्रतिस्पर्धा गरेको चन्द्रागिरि एकीकृत समाजले जनाएको छ।

विजयीहरूलाई चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभयो ।

चन्द्रागिरि एकीकृत समाजले विगत ३ वर्षदेखि दशैंका अवसरमा चङ्गा चेट कार्यक्रम संयोजन गर्दै आएको छ भने विभिन्न परोपकारी कार्यमा समेत सक्रियता जनाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *