चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा
थानकोट ।
चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका सदस्यहरूको टोली शनिबार काठमाडौं आइपुगेको हो ।
चिनियाँ टोलीलाई नेकपा (एमाले)का नेता राजेन्द्र गौतमसहितका नेताहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
आइतबार काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोअपरेससन सम्बन्धी कार्यक्रममा सहभागी हुने उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको हो ।
कार्यक्रममा बीआरआईको कार्यान्वयन र बीआरआईसँग सम्बद्ध परियोजनाबारे उनीहरूले धारणा राख्ने बताइएको छ ।
चिनियाँ टोलीले विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।










