नेपाली कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनित
थानकोट ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।
शुक्रबार सभापति देउवाले विभागमा १० सदस्य मनोनित गरेका हुन् ।
मनोनित सदस्यहरुमा रवि सिंह, आङदोर्जे शेर्पा, गोममाया खण्डलु, केशर बुढाथोकी, हिरा भगत, रमेश शर्मा, खिमप्रसाद मल्ल, टेकबहादुर खड्का, यमबहादुर बिसी, प्रकाशबहादुर सेठ्ठी रहेका छन् ।
सभापति देउवाले उनीहरुलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम मनोनित गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।










