राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा भोलिबाट कीर्तिपुरमा चुनावी अभियान सुरु हुँदै

Thankot Times

थानकोट ।

मंसिर १६ का लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले कीर्तिपुरमा तयारी सुरु गरेका छन् ।

कीर्तिपुरमा नगरप्रमुखसहित वडा नं. १ र ४ मा वडाध्यक्षको निर्वाचन हुँदैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि मंगलबारबाट कीर्तिपुरमा चुनावी प्रचारप्रसार अभियान थाल्ने भएको छ ।

सो पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा पाँगास्थित कृष्ण क्याटरिङमा चुनाव प्रचारप्रसार अभियानका लागि कार्यालय उद्घाटन हुन लागेको राप्रपा नेता अजय श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम बिहान ७ः३० बजेबाट सुरु हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *