कीर्तिपुरमा राजेन्द्र लिङ्देनले सुरु गरे राप्रपाको चुनावी अभियान

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कीर्तिपुर नगरमा मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न स्थापना गरिएको कार्यालयको उद्घाटन गरेका छन्। 

पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार एक कार्यक्रम आयोजना गरी राप्रपाले चुनावी अभियान समेत सुरु गरेको छ । 

राप्रपाले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरमा ईञ्जिनियर ध्रुव महर्जनलाई मेयर पदको उम्मेदवार बनाउने यसअघि नै घोषणा गरिसकेको छ।

यसैगरी कीर्तिपुर वडा नम्बर १ वडा अध्यक्षका लागि सुरेन्द्र उप्रेती र वडा नम्बर ४ वडा अध्यक्षका लागि विशेष बस्नेतलाई उम्मेदवार घोषणा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *