गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन
थानकोट ।
गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ।
डेंगु संक्रमण भएपछि उनी काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन्।
गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो।
उनको केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो।
म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन्।










