नेपाली कांग्रेसको दलित समुदाय समन्वय विभागमा १० सदस्य मनोनीत

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तीकरण विभागमा १० सदस्य थपिएका छन् ।

केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको विभागमा सभापति शेरबहादुर देउवाले थप सदस्य नियुक्त गरेका हुन् ।

थपिएका सदस्यहरूमा दैलेखका दीपक सोनी, बाराकी कलावती पासवान, चितवनका विपेन्द्र रामुदामु, डोटीका कुमार टेलर, धादिङकी शान्ता सुनार, काठमाडौंका प्रकाश घतानी, पाल्पाका सुनिल बुढाथोकी, कैलालीकी कुमारी सार्की र गोरखाका केदार गान्धारी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *