नेपाल पत्रकार महासंघको चुनावः प्रेस युनियनले ४३ जिल्ला लिने, प्रेस चौतारीको भागमा ३४ जिल्ला

Thankot Times

थानकोट ।

नेपाल पत्रकार महासंघको जिल्लाहरुमा पनि प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा टुंगिएको छ ।

मंगलबार टुंगिएको भागबण्डा अनुसार ४३ जिल्लाको नेतृत्व युनियनले पाउनेछन् भने ३४ जिल्ला नेतृत्व चौतारीले पाउनेछन् ।

युनियन र चौतारी नेतृत्वले जिल्लागत भागबण्डा नै टुंग्याएको छ ।

२८ मंसिरमा मतदान हुने २७ औं महाधिवेशनका लागि यी दुई संगठनले केन्द्र र प्रदेश कार्य समितिमा पनि भागबण्डा गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *