नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै

Thankot Times

थानकोट ।

नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ ।

दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न  संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *