भोलि शनिबार चन्द्रागिरि नगरका यी स्थानमा बिहान ११ बजेबाट बिजुली सेवा अवरुद्ध हुने
थानकोट ।
भोलि शनिबार चन्द्रागिरि नगर क्षेत्रका केही स्थानमा बिहान ११ बजेबाट बिजुली सेवा अवरुद्ध अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु उपवितरण केन्द्रको सतुङ्गल फिडर अन्तर्गतका कन्चन गेट, बोसीगाँउ, बौथली चोक, सतुङ्गल चोक क्षेत्रमा बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म बिजुली सेवा अवरुद्ध हुनेछ ।
सो स्थानमा बिजुली लाइन मर्मत एवं स्तरोन्नतिको कार्य जारी रहेको प्राधिकरणको विज्ञप्तीमा उल्लेख छ ।














