नेकपा एमाले सचिवालय बैठक बस्दै
थानकोट ।
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज आइतबार बस्दैछ ।
दिउँसो २ बजे च्यासलस्थित मुख्यालयमा बस्ने बैठकमा मुख्यत: सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ ।
उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ ।
सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।
आफैंले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ ।
सरकारमै रहेको दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।














