नेकपा एमाले चन्द्रागिरि नगर अन्तर वडा वक्तृत्वकलामा सरिता महर्जन पहिलाे
थानकोट ।
‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैँछ ।
दिवसका अवसरमा नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले अन्तर वडा वक्तृत्वकला आयोजना गरेेकाे छ ।
गुर्जुधारास्थित सो पार्टीको कार्यालयमा आयाेजित नेतृत्व माथिको प्रहार र हाम्रो दायित्व शीर्षककाे वक्तृत्वकलामा वडा नंं. ११ सतुङ्गलकी सरिता महर्जन पहिलाे भएकी छन् ।
प्रतियोगितामा नगरका सबै १५ वटै वडाका अध्यक्ष तथा सचिव सहभागी थिए ।
यस्तै वडा नं. १० सतुङ्गगलका सुर्य बहादुर महर्जन दाेश्राे हुँदा वडा नं. १४ नयाँ नैकापका दिपक गौतम तेस्रो भएका छन् ।
प्रतियाेगिताका विजयी तथा सहभागीहरुलाई साे पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र न.१० इन्चार्ज सुरेन्द्र मानन्धरले पुरस्कार वितरण गरेकन थिए ।
कार्यक्रममा डा. रामहरि लम्साल तथा डा. विनाेेद मञ्जन ले निर्णायककाे भूमिका निभाएकाे नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिए ।
तस्वीरः लेमन श्रेष्ठ












