संयुक्त राष्ट्र संघको निमन्त्रणामा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मेयर गिरी स्पेन उड्दै
थानकोट ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी संयुक्त राष्ट्र संघको संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूएनएपी)ले जुन ३० देखी जुलाइ ३ सम्म स्पेनको सेभिल्लामा आयोजना गर्ने विकासको लागि वित्तपोषण सम्बन्धी चाैथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएका छन् ।
सो सम्मेलनमा नेपालका तर्फबाट सहभागी हुने उनी एकमात्रै मेयर हुने बताइएको छ ।
जहाँ उनले उच्चस्तरीय बैठकसहित विभिन्न तीनवटा कार्यक्रममा मन्तव्य दिने तालिका रहेको मेयर गिरीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
मेयर गिरी शनिबार स्पेन प्रस्थान गर्ने बुझिएको छ ।












