फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा

Thankot Times

थानकोट ।

अमेरिकामा चलिरहेको फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

शनिबार राति क्वाटरफाइनलका खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङगो लागेको हो ।

चेल्सी, फ्लुमिनेन्स, रियल म्याड्रिड र पेरिस सेन्ट–जर्मेइन (पीएसजी) सेमिफाइनलमा पुगेका छन् ।

गएरातिको खेलमा पीएसजीले बायर्न म्युनिखलाई २–० गोलले र रियल म्याड्रिडले बोरुसिया डर्टमन्डलाई ३–२ गोलले हरायो ।

त्यसअघिको क्वाटरफाइनलमा फ्लुमिनेन्सले अल–हिलाललाई र चेल्सीले पाल्मिरासलाई हराएको थियो ।

अब पहिलो सेमिफाइनलमा बुधबार चेल्सी र फ्लुमिनेन्स तथा दोस्रो सेमिफाइनलमा बिहीबार रियल म्याड्रिड र पीएसजी खेल्नेछन्  ।

क्लब विश्वकपको फाइनल खेल असार ३० गते हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *