आईसीसीको नयाँ विश्व वरियतामा नेपाल १७औं स्थानमा यथावत

Thankot Times

थानकोट ।

आईसीसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथास्थानमा रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७ औं स्थानमा कायमै रहेको हो ।

वरियताको शीर्ष स्थानमा भारत यथावत छ भने दोस्रो देखि १०औं स्थानमा क्रमशः न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश र वेस्ट इन्डिज रहेका छन् ।

पाकिस्तान र बंगलादेशले एक स्थान सुधार गर्दा श्रीलंका र वेस्ट इन्डिज भने एक एक स्थान खस्किएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *