क्यानले लगातार दोस्रो वर्ष जित्यो ‘आईसीसी डिजिटल फ्यान इंगेजमेन्ट अवार्ड’

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीबाट अवार्ड जितेको छ ।

नेपालले आईसीसी डेभलपमेन्ट अवार्डअन्तर्गत सन् २०२४ को ‘आईसीसी डिजिटल फ्यान इंगेजमेन्ट अवार्ड’ जितेको हो ।

यसअघि, सन् २०२३ मा पनि यो अवार्ड नेपालले नै जितेको थियो ।

सिंगापुरमा भएको आईसीसीको वार्षिक साधारणसभामा नेपालको तर्फबाट क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष पदम खड्का र सचिव पारस खड्काले अवार्ड ग्रहण गरेका हुन् । आईसीसीका अध्यक्ष जय साहले क्यानका प्रतिनिधिलाई अवार्ड प्रदान गरेका हुन् ।

साधारणसभामा क्यानका सचिव खड्काले गत वर्ष आयोजित नेपाल प्रिमियर लिग (एनपीएल)बारे प्रस्तुति समेत दिएका थिए ।

तस्बिरः पारस खड्काको फेसबुक


Leave a Reply

Your email address will not be published. Required fields are marked *