साफ यु-२० महिला च्याम्पियनसिप खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो

Thankot Times

थानकोट ।

२० वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाएको नेपाली टोली आज स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरे ।

बंगलादेशमा भएको प्रतियोगितामा नेपाली टोली उपविजेता बनेको थियो ।

सोमबार साँझ भएको समूह चरणको अन्तिम खेलमा नेपाललाई ४-० गोलले हराउँदै घरेलु टोली बंगलादेश पाँचौं पटक विजेता बनेको थियो ।

नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो ।

डबल राउन्ड रोबिनमा आधारित चार वटा देश सहभागी प्रतियोगितामा नेपालले श्रीलंका र भूटानलाई २/२ पटक हराएको थियो भने बंगलादेशसँग दोहोरो हार व्यहोर्न बाध्य भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *