आज पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति भण्डारी

Thankot Times

थानकोट ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्ने भएकी छन्।

भण्डारी निकट एक नेताका अनुसार नेकपा एमालेले उनलाई पार्टी राजनीतिमा संलग्न हुन रोक लगाउँदै सदस्यता समेत खारेज गरेपछि यसबारे आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेकी हुन्।

साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो। एमालेले राष्ट्रपतिको जिम्मेवारी पूरा गरिसकेको व्यक्तिले पुनः सक्रिय राजनीतिमा फर्किनु संविधानको मर्म र भावना विपरीत हुने तर्क गरेको छ।

तर, पूर्वराष्ट्रपति भण्डारीले आफूलाई राजनीतिक गतिविधिमा संलग्न हुने संवैधानिक हक भएको भन्दै उक्त निर्णयको सार्वजनिकरूपमा विरोध गर्ने तयारी गरेकी छन्।
उनी यस विषयमा देशभर राजनीतिक अभियान समेत सञ्चालन गर्ने सोचमा रहेको स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *