नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठक बिहान ९ बजेका लागि बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

साथै भूमि विधेयक, निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड सम्वन्धी व्यवस्थामा भएको गडबडी लगायत विषयमा छलफल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *