बागमतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाउन २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । 

संसदीय दलको नेताबाट हटाएसँगै मुख्यमन्त्रीबाट फिर्ता बोलाउने गरी इन्द्र बानियाँको नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएको एक सांसदले जानकारी दिए । 

यसअघि कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका थिए । संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएपछि उनीहरूको हस्ताक्षरसहित संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *