बागमती प्रदेशका मुख्यमन्त्रीले ४ जना मन्त्रीलाई पदमुक्त गरे
थानकोट ।
बागमती प्रदेशका ४ मन्त्रीलाई मुख्यमन्त्री बहादुर सिंह लामाले पदमुक्त गरेका छन् ।
लामाले शुक्रबार प्रदेश प्रमुखलाई पत्राचार गर्दै संविधानको धारा १६९ (२) (ख) बमोजिम चार मन्त्रीलाई पदमुक्त गरेको जानकारी गराएका छन् ।
जसमा आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछाने, सहकारी मन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल चन्द्र ठकुरी रहेका छन् ।
यसअघि चारै मन्त्रीले राजीनामा दिएको बताएका थिए भने लगत्तै ३१ सांसदले संसदीय दलको नेता समेत रहेका लामाविरुद्ध अविश्वास प्रस्ताव लगेका थिए ।













