एनपीएलका लागि ४ सय ५८ जना खेलाडी दर्ता, अक्सन साउन २४ मा

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति निकालेर एनपीएलको अक्सन साउन २४ गते हुने जानकारी दिएको हो ।

क्यानका अनुसार खेलाडी दर्ता प्रक्रिया कुल ४ सय ५८ जना नेपाली क्रिकेट खेलाडीहरूले नाम दर्ता गराएका छन् ।  दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी ८ फ्रेञ्चाईज टोलीहरूलाई उपलब्ध गराई संघको प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरूले इच्छ्याएका खेलाडीहरूको सुचीवाट अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली प्रकाशन गरिने क्यानले जनाएको छ ।

क्यानले दोस्रो संस्करणको एनपीएल आउँदो नोभेम्बर/डिसेम्बरमा आयोजनाको गर्ने तयारी गरेको छ ।

पहिलो संस्करणकाे उपाधि जनकपुर बोल्ट्सले उपाधि जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *