एशिया कप क्रिकेटमा भारत र पाकिस्तान एउटै समूहमा, प्रतियोगिता युएईमा हुने

Thankot Times

थानकोट।

एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आउँदो सेप्टेम्बर ९ देखि २८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा प्रतियोगिता हुँदैछ ।

एशियाली क्रिकेट परिषद् (एसीसी) ले प्रकाशित गरेको खेल तालिका अनुसारमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् ।

समूह ‘ए’ मा भारत र पाकिस्तासहित घरेलु टोली युएई र ओमान छन् ।

यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, श्रीङ्कका र हङकङ छन् ।

भारत र पाकिस्तानबीच समूह चरणको खेल सेप्टेम्बर १४ तारिखमा हुनेछ । सेप्टेम्बर ९ मा अफगानिस्तान र हङकङबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ ।

समूहका शीर्ष दुई टोलीले सुपर–४ मा स्थान बनाउने छन् ।

सुपर–४ का शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल सेटेम्बर २८ तारिखमा हुनेछ । यस पटकको एशिया कप टी–२० ढाँचामा हुनेछ । सन् २०२३ मा भारतले श्रीलङ्कालाई हराउँदै उपाधि जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *