प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ र ब्रान्च चिफ केशव देसार सम्मानित

Thankot Times

थानकोट ।

नेपाल फुल कन्ट्रयाक्ट करातेका मुख्य प्रशिक्षक कुमार श्रेष्ठ र नेपाल इन्टरनेसनल क्योकुसिनकाई  कराते एसोसिएसन (एफआइकेके) का  ब्रान्च चिफ केशव देसार सम्मानित भएका छन् ।

आइतबार आयोजित चन्द्रागिरि इन्टरनेसनल कराते क्योकुसिनकाई एसोसिएसन डोजो उद्घाटन कार्यक्रममा उनीहरू सम्मानित भएका हुन् । 

एफआइकेके’का केन्द्रीय अध्यक्ष रमेश पहरी र नेपाल फुल कन्ट्रयाक्ट करातेका मुख्य प्रशिक्षक कुमार श्रेष्ठले सो ‘डाजो’ को उद्घाटन गरेका हुन् ।

कार्यक्रममा एफआइकेके का कोषाध्यक्ष शारदा थिङ्ग, सुनिल आचार्य, विकास श्रेष्ठ, सम्झना श्रेष्ठ, सरिम दुधराज, राजकुमार नगरकोटीसहित  खेलाडीहरूकाे सहभागिता थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *