कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न आज निर्वाचन

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनको सम्पूर्ण कार्यक्रम एकै दिनमा सम्पन्न हुने गरी तय गरिएको छ ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार मतदान प्रक्रिया आज बिहान ८:०० बजे मतदाता नामावली प्रकाशनबाट सुरु हुनेछ। त्यसपछि दाबी–विरोध, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, नाम फिर्ता लगायतका सबै चरण तय समयअनुसार आजै सम्पन्न गरिनेछ।

मतदान कार्य दिउँसो २:०० बजे सुरु भई ३:०० बजेभित्र सम्पन्न गरिनेछ। मतदान स्थल हेटौंडास्थित नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसरमा तय गरिएको छ।

निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र सोही दिन नतिजा सार्वजनिक गरिने समितिले जनाएको छ।

मतदानमा भाग लिन प्रदेश सभा सचिवालयद्वारा जारी परिचयपत्र वा अन्य वैध परिचय खुल्ने प्रमाणपत्र अनिवार्यरूपमा साथमा ल्याउन मतदातालाई आग्रह गरिएको छ ।

संसदीय दलका नेता बहादुर सिंह लामाले पद गुमाएसँगै नयाँ छान्न निर्वाचन हुन लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *