बागमती प्रदेशका तीन जना मन्त्रीले सपथ लिने तयारी हुँदै गर्दा प्रदेश प्रमुख बिरामी परेपछि………….
थानकोट।
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा ‘अस्वस्थ’ भएका छन् ।
उनको स्वास्थ्यमा अचानक समस्या आएकाले बिहीबार दिउँसोका लागि निर्धारित नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम स्थगन गरिएको छ ।
प्रमुख देवकोटा बिहीबार बिहान उपचारका निम्ति काठमाडौं प्रस्थान गरेकाले अर्काे सूचना प्रकाशन नभएसम्मका निम्ति शपथको कार्यक्रम स्थगन गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो बुधबार प्रदेश सभा सदस्यहरू गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरी शपथका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
बागमती प्रदेशका नवनियुक्त तीन जना मन्त्रीहरुको शपथग्रहण आज हुने
बागमतीमा नेपाली काँग्रेसको संसदीय दलको हैसियत गुमाएका मुख्यमन्त्री लामा पदबाट हट्न चाैतर्फी दबाबमा छन यद्यपी उनले संसदीय दलको नेता नहुँदैमा मुख्यमन्त्री पदबाट हट्न नपर्ने मत दिँदै मन्त्रिपरिषद् विस्तार गरेपछि झन अन्योलता छाएको छ।













