धादिङमा कार दुर्घटना, कार चालकको ४० वर्षीय युवाको मृत्यु

Thankot Times

थानकोट ।

धादिङमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी नीलकण्ठ नगरपालिका–१४ का ४० वर्षीय ताराप्रसाद लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार (फागुन १८) राति करिब साढे १० बजे नीलकण्ठ–१४, लामिछाने टोलमा बा ३ च ४५५२ नम्बरको कार दुर्घटना भएको थियो ।

कार सडकबाट अन्दाजी १५० मिटर तल खसेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

दुर्घटनामा घाइते भएका कारचालक लामिछानेलाई उपचारका निम्ति जिल्ला अस्पताल धादिङबेँसी पठाइएको थियो ।

पछि थप उपचारका निम्ति उनलाई काठमाडौं ल्याइएको थियो ।

उपचारका क्रममा मंगलबार (फागुन १९) बिहान ६ः३७ बजे काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा  उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *