कस्तो रहला आज दिनभरको मौसम ?
थानकोट ।
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा छ ।
बिहीबार (वैशाख ३) दिउँसो कोसी प्रदेशको पहाडी भू-भागलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
राति, कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।













