आज आइतबारको मौसम पूर्वानुमान जान्नुहोस

Thankot Times

थानकोट ।

देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, तापक्रम बढेसँगै तराई भू-भागमा आइतबार (वैशाख ६) ‘तातो दिन’ हुनेछ ।

“मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना छ,” विभागले भनेको छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागलगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको विभागले बताएको छ ।

साथै, मधेस र कोसीको तराई भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मोौम मुख्यतया सफा रहेको छ ।

दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमाआंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको  सम्भावना छ ।

राति, देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल  लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *