चन्द्रागिरि नगरपालिकमा कार्यरत कर्मचारीको तलब अब महिनाको दुई पटक !

Thankot Times

थानकोट ।

सरकारले अब सरकारी कर्मचारीलाई तलबभत्ता महिनामा दुई किस्तामा उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ ।

अर्थ मन्त्रालयले जारी गरेको पत्रअनुसार हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलबभत्ता अब अर्धमासिक रूपमा भुक्तानी गर्ने तयारी गरिएको हो ।

मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै नयाँ प्रणाली कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । पत्रमा उल्लेख भएअनुसार अर्धमासिक रूपमा तलब वितरण गर्ने निर्णय मन्त्रीस्तरबाट भइसकेको छ ।

हालसम्म सरकारी कर्मचारीहरूले महिनामा एकपटक मात्रै तलब पाउँदै आएका थिए । नयाँ व्यवस्थाअनुसार अब महिनामा दुईपटक तलब प्राप्त हुने भएकाले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि तलब वितरण प्रणाली थप व्यवस्थित, पारदर्शी र समयमै हुने विश्वास गरिएको छ । मन्त्रालयले सम्बन्धित निकायहरूलाई आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी शीघ्र पूरा गर्न आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ