पछिल्लो ९ महिनामा नेपालमा भित्रियो ३४ अर्बको स्मार्ट फोन
थानकोट ।
नेपाली बजारमा पछिल्लो ९ महिनामा १६ लाख ७४ हजार २ सय ४९ थान स्मार्टफोन आयात भएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरका उक्त परिमाणको मोबाइल फोन भित्रिएको हो ।
नेपालमा भित्रिने स्मार्टफोनमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको छ ।
चालु आव चीनबाट २५ अर्ब ६५ करोड ६२ लाख ७६ हजार रुपैयाँ बराबरका १४ लाख १० हजार ९सय ३५ थान स्मार्टफोन आयात भएको छ । भारतबाट ७ अर्ब ५९ करोड ४८ लाख ५१ हजार बराबरका २ लाख ५५ हजार ८ सय २० थान स्मार्टफोन भित्रिएका छन् ।












