आज बजारमा सुनको भाउ कति पुग्यो ? यस्तो छ महासंघको भनाइ

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार एक तोला सुन ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ ।

हिजो एक तोला चाँदी ४ हजार ६४५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४ हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *