आजको मौसम पूर्वानुमानः काठमाडाैंमा पनि उखुमै गर्मी हुने

Thankot Times

थानकोट ।

देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ ।

केही दिनदेखि तराई क्षेत्रमा तापक्रम बढेसँगै गर्मी पनि बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले बिहीबार (वैशाख १९) तराई भू-भागमा तातो दिन तथा तातो लहर र हिमाली क्षेत्रमा वर्षाको पूर्वानुमान गरेको छ ।

विभागका अनुसार, दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेसलगायत कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

राति, कोसी ‍प्रदेशको हिमाली र पहाडी भू-भागलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *